अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको अर्थतन्त्र तल झर्दैन: सुरेन्द्र पाण्डे

देशको अर्थतन्त्र तल झर्दैन: सुरेन्द्र पाण्डे


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र घटबढ हुनु स्वाभाविक भएको बताउनु भएको छ।

‘टुरिज्म इन्साइट’ कार्यक्रमलाई सम्बोधन गर्दै मान्छेमा अपेक्षा बढेकाले असन्तुष्टि बढेको उपाध्यक्ष पाण्डेले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र पछाडि फर्किन्छ जस्तो मलाई लाग्दैन। मान्छेको अहिले अपेक्षा धेरै भयो। बढेको अपेक्षा पूरा नभएपछि मान्छे असन्तुष्ट छ। अहंकारीमात्रै भइरहेको छ। अहंकारी भइरहेकाले मान्छे धेरै हिँडे भन्ने छ। त्यसैले मान्छेमा अहिले आम्दानीप्रतिको भोक बढेर गएको छ। हिजो यो अवस्था थिएन। त्यसैले अर्थतन्त्र विस्तार हुँदैछ। त्यसैले तल झर्छ पछाडि फर्किन्छ भन्ने लाग्दैन।’

उपाध्यक्ष पाण्डेले व्यवसायीहरूको पनि सम्भावना र अवसरलाई हेरेर अर्थतन्त्र विकासको बाटो खोज्नुपर्ने बताउनु भयो । व्यवसायमा देखिएका अप्ठ्यारा पाटाहरूको सुधार हुँदै जाने उहाँको विश्वास छ।