अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरद्वारा पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त

सभामुख घिमिरद्वारा पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त


काठमाडौँ-सभामुख देवराज घिमिरले पृथ्वीनारायण शाहका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा उहाँले शुभकामना व्यक्त गर्नुभएको हो। 'पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रभक्ति, आत्मनिर्भरता र सुशासन कायम गर्नका लागि तीनसय वर्षसम्म पनि उत्तिकै सान्दर्भिक छन्', सन्देशमा भनिएको छ, 'आजको विशेष दिनमा उहाँका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।'

सभामुख घिमिरले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ। साथै, आजको दिनलाई नेपालको पहिचान स्थापित भएको दिनका रुपमा समेत उहाँले स्मरण गर्नुभयो। 

तत्कालीन गोरखाका राजा शाहले बहुआयामिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो। अभियानको उपलब्धीस्वरुप नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन पुगेको सन्देशमा उल्लेख गरिएको छ।

'मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भए पनि पृथ्वी जयन्तीको सान्दर्भिकता झनै बढेर गएको छ', सन्देशमा भनिएको छ, 'आजको विशेष दिनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै सबै नेपालीको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्नेसमेत विश्वास व्यक्त गर्दछु।'