अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च अदालतभित्रै आत्मदाहको प्रयास

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च अदालतभित्रै आत्मदाहको प्रयास


काठमाडौं-न्यायाधीश भुवन गिरीकी जेठी श्रीमती आरती गिरीले आत्मदाहको प्रयास गरेकी छन् । आईतबार उनले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी हुन् ।

आरतीलाई शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले उद्धार गरेको हो । उद्धारपछि उनलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिईन् ।

यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा श्रीमान्‌  गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् । उनले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।