अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघसँग प्रतिष्पर्धा गर्न लायक कुनै संगठन छैन: क्षितिज थेबे

युवा संघसँग प्रतिष्पर्धा गर्न लायक कुनै संगठन छैन: क्षितिज थेबे


काठमाडाैं-नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले युवा संघसँग प्रतिष्पर्धा गर्न लायक कुनै संगठन नरहेकाे बताउनुभएकाे छ।

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियाेगिताबारे जानकारी दिन बुधबार काठमाडाैंमा आयाेजित पत्रकार सम्मेलनमा अध्यक्ष थेबेले युवा संघले अहिलेसम्म राम्राे काम गर्दै आएकाे बताउनुभयाे।

अझ धेरै राम्राे गर्दै जाने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयाे, ‘राष्ट्रिय युवा संघ नेपाल एक मात्र नेता संगठनकाे रुपमा अगाडि बढेकाे छ, याे संगठनसँग कुनै पनि त्यस्ताे युवा संगठन जाे यससँग प्रतिष्पर्धा गर्न लायक छैन, थप राम्राेका लागि थप राम्राे गर्ने।’

यस पटककाे केपी ओली कपलाई अझ समृद्ध बनाउँदै लैजाने अध्यक्ष थेबेले बताउनुभयाे । केपी ओली कप विशुद्ध खेल भएकाे भन्दै उहाँले यस प्रतियाेगिताकाे दाैरानमा राजनीति भाषण नगर्ने र राजनीतिक झण्डा नबाेक्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे।