काठमाडौँ–देशको पूर्वी र मध्य तराईका अधिकांश स्थानहरुमा बाक्लो कुहिरो तथा पश्चिम तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ ।
बिहानको समयमा देशको पूर्वी तथा मध्य तराईका अधिकांश स्थानहरुमा लागेको बाक्लो कुहिरो अपराह्न सम्ममा तथा पश्चिम तराईका अधिकांश भूभागमा लागेको हुस्सु मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
सोको प्रभावले दैनिक जनजीवन र स्वास्थ्यमा असर गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कुहिरो र हुस्सुले सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।




प्रतिक्रिया