अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा योगेश वैद्यको निधनप्रति दु:ख व्यक्त

एमाले अध्यक्ष ओलीद्वारा योगेश वैद्यको निधनप्रति दु:ख व्यक्त


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यकाे निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे छ।

कालजयी गीतका गायक तथा संगीतकार वैद्यकाे निधनले आफू अत्यन्त दुःखी भएकाे अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे छ।

कालजयी गीतमार्फत उहाँ हाम्रो सम्झनामा रहिरहनुहुने उहाँले उल्लेख गर्नुभएकाे छ।

‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता कैयौं कालजयी गीतका गायक तथा संगीतकार योगेश वैद्यको निधनको खबर सुनें, यो वियोगान्त खबरले मलाई दुःखी बनायो, उहाँप्रति श्रद्धा र सम्मान, शोकाकुल परिवारजनमा समवेदना, कालजयी गीतमार्फत उहाँ हाम्रो सम्झनामा रहिरहनुहुनेछ’ अध्यक्ष ओलीले लेख्नुभएकाे छ।

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षकाे उमेरमा बिहीबार राति निधन भएको थियो । उहाँ पारिवारले जानकारी दिए अनुसार सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे।

नेपाली आधुनिक संगीतका सदावहार गायककाे पहिचान बनाउनुभएका वैद्यले लामाे समय सरकारी सेवा पनि गर्नुभएकाे थियाे । उहाँले ०६१ मा सहसचिव पदबाट अवकाश लिनुभएकाे थियाे ।