अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहनेछ: सभामुख घिमिरे

सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहनेछ: सभामुख घिमिरे


काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताउनु भएको छ।

प्रतिनिधि सभाको सभामुख चयन भएको एक वर्ष पुगेको अवसरमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै सभामुख घिमिरेले विधि निर्माण, सरकारको निगरानी, नागरिक अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितताका लागि सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताउनु भएको हो।

सभामुख घिमिरेले जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसदको नेतृत्व गरेपछिको एक वर्ष साथ, सहयोग र सुझाव प्रदान गर्नुहुने सरकार, राजनीतिक दल, माननीय सदस्यहरु, संघीय संसद सचिवालय, विभिन्न संघ संस्था, विज्ञ लगायत सबैमा धन्यवाद दिनुभएको हो।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको गरिमामय सभामुख पदमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ। जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसद्को नेतृत्व गरेपछिको एक वर्ष साथ, सहयोग र सुझाव प्रदान गर्नुहुने सरकार, राजनीतिक दल, माननीय सदस्यहरु, संघीय संसद् सचिवालय, विभिन्न संघ संस्था, विज्ञ लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु।’

सभामुख घिमिरे गत वर्ष प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनु भएको थियो।

Skip This