काठमाडौं-परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्।
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) का अवसरमा उनले यस्तो बताएका हुन्।
नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। ‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने बताए।
पृथ्वीको पारिस्थितिक प्रणालीको स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ। उक्त कार्यक्रममा कोप-३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवाला सहभागी थिए।



प्रतिक्रिया