अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : देशका यी भागमा हिमपातको सम्भावना

आजको मौसम : देशका यी भागमा हिमपातको सम्भावना


काठमाडौं – देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको भने सम्भावना छैन । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।