अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कागेश्वरी मनोहरा नगरपालिका-५ को अध्यक्षमा पंकज पौडेल निर्वाचित

एमाले कागेश्वरी मनोहरा नगरपालिका-५ को अध्यक्षमा पंकज पौडेल निर्वाचित


काठमाडौं-नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका-५ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। 

अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा पंकज पौडेल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। 

अधिवेशनले २१ सदस्सीय वडा कमिटी चयन गरेको छ। जसको सचिवमा सुशान्त श्रेष्ठ निर्वाचित हुनुभएको छ। 

पार्टी नेता नारायण सिलवालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा नेताहरू मणिराम फुयाँल,  बुद्धभक्त चित्रकार, सुवर्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।