काठमाडौँ–काठमाडौँको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ ।
आज बिहान काठमाडौँको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले बताएको छ ।
यो वर्ष यसअघि काठमाडौँको कम तापक्रम गएको पुस २० गते न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस थियो ।
महाशाखाका अनुसार हिजो बिहान काठमाडौँको तापक्रम ४.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यस्तै आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.८, डडेलधुरा, वीरेन्द्रनगर र ताप्लेजुङको समान ३, दिपायलको ३.१ डिग्री सेल्सियस मापन गरिएको छ । आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम रहेको छ ।





प्रतिक्रिया