अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा प्रहरी र जनमत कार्यकर्ताबीच झडप, मधेसका शिक्षामन्त्री र तीन सांसद घाइते

सप्तरीमा प्रहरी र जनमत कार्यकर्ताबीच झडप, मधेसका शिक्षामन्त्री र तीन सांसद घाइते


सप्तरी-सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमलाई जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले बल प्रयोग गरेपछि प्रहरीमाथि नै आक्रमण हुन थालेपछि अवस्था तनावग्रस्त भएको हो।

प्रहरीसँगको झडपममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्य सतिश सिंह, रञ्जु खंगलगायत घाइते भएका छन्।

झडपा परेर मन्त्री यादवको नाकमा चोट लागेको छ। प्रहरीले भने सामान्य धकेलाधकेल भएको बताएको छ। जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन्।

राजविराज नगरपालिका– १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो। शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो। आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो । शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए।