अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीमा सूचना नदिई सेवाबाट अलग हुने क्रम बढ्दै 

प्रहरीमा सूचना नदिई सेवाबाट अलग हुने क्रम बढ्दै 


काठमाडौँ– नेपाल प्रहरीमा सूचना नदिई सेवाबाट अलग हुने क्रम बढ्दै गएको छ । 

आज प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै तत्काल स्पष्टीकरणसहित हाजिर हुन आग्रह गरेको छ । सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ ।  

आज २४ जनाविरुद्ध प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । जसमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन् ।