अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुक्रराज शास्त्रीले आफ्ना लागि मात्रै नभई देशकै लागि जीवन दिनुभयो: सुनिता डंगोल

शुक्रराज शास्त्रीले आफ्ना लागि मात्रै नभई देशकै लागि जीवन दिनुभयो: सुनिता डंगोल


काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शुक्रराज शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो। उहाँले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कलम चलाउने पहिलो व्यक्ति भएको बताउनु भयो।

जीवन आफ्ना लागि मात्रै नभई देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकतामा उहाँको जोड थियो।
उपमेयर डंगोलले भन्नभयो, ‘शुक्रराज शास्त्रीको योगदान साहित्यमा पनि उत्तिकै छ। नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुहुन्थ्यो। विशेष गरी नेपाल भाषाको व्याकरण लेख्नुहुने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै हुनुहुन्छ। त्यस योगदानलाई पनि हामी स्मरण गर्न चाहन्छौँ। बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति हुनुहुन्छ। साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर उहाँले कलम चलाउनुभएको छ। उहाँको योगदानलाई कदर गर्दै उहाँले दिनुभएको उहाँको आफ्नो जीवन आफ्ना लागि मात्रै होइन सारा नेपालीका लागि हो भनेर उहाँले जसरी आफ्नो जीवन दिनुभएको छ, त्यसलाई स्मरण गर्न चाहन्छौँ ।’

माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरू गरियो ।