अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको न्यूनतम तापक्रम आज वर्षकै कम, हुस्सुले तराईको जनजीवनमा प्रभाव पर्ने   

काठमाडौँको न्यूनतम तापक्रम आज वर्षकै कम, हुस्सुले तराईको जनजीवनमा प्रभाव पर्ने   


काठमाडौँ– काठमाडौँको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज काठमाडौँको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको हो । 

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो वर्ष यसअघि काठमाडौँको कम तापक्रम माघ ८ गते मापन गरिएको थियो । त्यस दिन काठमाडौँको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस थियो ।

हिजो काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।  

यस्तै महाशाखाले काठमाडौँमा आज आंशिक बदलीको सम्भावना रहेको छ । तर वर्षाको सम्भावना भने  न्यून रहेको महाशाखाको भनाइ छ ।

यस्तै आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.४, दिपायलको ०.८, डडेलधुराको १.७, धनगढीको १।८ वीरेन्द्रनगरको २.०, ताप्लेजुङको २.८ डिग्री सेल्सियस मापन गरिएको छ ।  

यस्तै देशका तराईका  अधिकांश भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ । बिहानको समयमा तराईका अधिकांश भू–भागहरूमा  लागेको बाक्लो हुस्सु/कुहिरो मध्यान्न/अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।