काठमाडौं पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्सल’ पक्राउ परेका छन्।
गत माघ ७ गते नै उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ। हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं,’ भट्टराईले बुधबार सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ।
प्रहरीले भने पुनलाई जनयुद्धकालीनु मुद्दामा नभई लागुऔषध मुद्दामा पक्राउ गरिएको बताएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी रामबहादुर केसीले पुनलाई लागुऔषध चरेश ओसारपसार मुद्दामा फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको सेतोपाटीलाई बताउनुभय।
जिल्ला अदालत दाङले २०७२ सालमा लागुऔषध चरेश ओसारपसार मुद्दामा उनलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोकेको उनले बताए।
उनका अनुसार घटना भने २०५२ सालको भएको थियो। उनीविरूद्ध दुई वर्ष ६ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।




प्रतिक्रिया