अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालतद्वारा अस्वीकार

राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालतद्वारा अस्वीकार


काठमाडौं-उच्च अदालत पाटनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुल महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको  छ।

थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित राहुलले दिएको निवेदनलाई उच्च अदालतले अस्वीकार गरेको हो। 

उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश सदर गर्दै राहुललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

राहुल अहिले भन्सार चोरी पैठारी र सङ्गठित अपराध कसुरमा थुनामा छन्। राहुललाई काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटी माग्ने जिल्लाको आदेश पनि सदर गरेको छ।

राहुल चीनबाट हुने सुन तस्करी प्रकरणमा मुछिएका थिए। राजस्व अनुसन्धान विभागले समातेको ६० किलो सुन तस्करीका प्रकरणका मुख्य योजनाकार मानिने दावा छिरिङसहितसँग राहुलको उठबस खुलेको थियो। 

राहुल सुन तस्करीमा मुछिएको विवरणसहितको प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार गरेको थियो।