काठमाडौं – काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो।
“यो यस वर्षको हालसम्मकै न्यून तापक्रम हो । आजै तापक्रम पौने ९ बजे योभन्दा पनि कम मापन हुनसक्छ । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।
यसैबीच, देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भाग तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
देशका तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।




प्रतिक्रिया