काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै अध्यक्षका लागि आवेदन माग गरेको हो ।
सूचनामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ । सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।




प्रतिक्रिया