अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ उपत्यकामा आज हालसम्मकै बढी जाडो,  जाडो अझै बढ्ने सम्भावना 

काठमाडौँ उपत्यकामा आज हालसम्मकै बढी जाडो,  जाडो अझै बढ्ने सम्भावना 

बाक्लो हुस्सुले तराईको जनजीवन प्रभावित, चिसोबाट बच्न आग्रह 


काठमाडौँ– काठमाडौँ उपत्यकामा आज हालसम्मकै बढी जाडो मापन गरिएको छ । आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन गरिएको हो । 

गत बिहीबार र शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

यस्तै आज तराई र मधेसका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । हुस्सु–कुहिरोले तराईको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । 

यस्तै आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।