अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरूरी छ: अध्यक्ष ओली

नेपालको न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरूरी छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी रहेको बताउनु भएको छ।

आइतबार एसिड आक्रमण पीडितहरूको जीवनमा आधारित ‘नमेटिने घाउ’ चलचित्रको शुभमुर्हत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एसिड आक्रमण गर्नेहरूलाई कडा सजाय दिनुपर्ने बताउनु भयो।

अध्यक्ष ओलीले समेत उक्त चलचित्रमा पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ।  

‘नेपालमा निर्दोषलाई फसाउने दोषीलाई बचाउने स्थिति छ’ ओलीले भन्नुभयो, ‘त्यसकारण न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी छ।’

अध्यक्ष ओलीले एसिड आक्रमणरहित देश बनाउन सक्नुपर्ने त्यो सन्देश दिन सक्नुपर्ने बताउनु भयो। उहाँले कतिपयले एसिड आक्रमणकारीलाई फाँसी दिनुपर्ने भनेर आवाज उठाए पनि अहिलेको संविधानले समेत त्यो व्यवस्था नगरेकाले त्यो पक्षमा आफू नरहेको बताउनु भयो। उहाँले नेपालको कानुनअनुसार जघन्य अपराधीहरूलाई उन्मुक्ति दिइरहेको अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएकै बेला एसिड पीडितको पक्षमा कानुन बनाएको भन्दै पीडितहरूको पीडालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले त्यो कानुन पर्याप्त नभए पनि सुरुवात भएको बताउनु भयो।