अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

द्रुतमार्ग सडक आयोजनाले माग्यो वृक्षारोपण हेरालुका लागि कर्मचारी

द्रुतमार्ग सडक आयोजनाले माग्यो वृक्षारोपण हेरालुका लागि कर्मचारी


काठमाडौँ– काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाले वृक्षारोपण हेरालुका लागि कर्मचारी माग गरेको छ।

द्रुतमार्ग सडक निर्माणको ठेक्का पाएको नेपाली सेनाले आज सूचना जारी गर्दै वृक्षारोपण हेरालुका लागि करारमा ८ जना कर्मचारी माग गरेको हो।

साधारण लेखपढ गर्न सक्ने तथा बोटबिरूवा रोपई तथा हेरविचार सम्बन्धी ज्ञान भएका ५० वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। जंगी अड्डा वा सडक निर्माण कार्यालय बेसक्याम्प निजगढमा दरखास्त पेस गर्नुपर्नेछ।

छनौट भएका ८ जनाले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १४ र १७ तथा कोहल्वि नगरपालिका ५ र निजगढ नगरपालिका–५ क्षेत्रमा वृक्षारोपण हेरालुको काम गर्नुपर्ने छ।