काठमाडौँ– देशका मध्ये तराईका केही भू–भागहरूमा साथै पूर्वी र पश्चिमी तराईका थोरै भू–भागहरूमा हुस्सु–कुहिरो लागेको छ ।
बिहानको समयमा मध्य तराईका केही भू–भागहरूमा लागेको हुस्सु–कुहिरो अपराह्न सम्ममा तथा पूर्वी र पश्चिमी तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु–कुहिरो मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हुस्सु–कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।




प्रतिक्रिया