अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी


काठमाडौं-माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवर्द्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ। उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम ‘एसएक्ससी स्यान्डबक्स’लाई प्रायोजन गरेको बैंकले जनाएको छ।

‘एसएक्ससी स्यान्डबक्स’ एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको  ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी  कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम ‘एसएक्ससी स्यान्डबक्स’लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी ‘इन्नोभेसन’ सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्ने जनाएको छ।

जसले गर्दा बैंकले ‘आईटी’ विषय लिई अध्यनरत विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने बैंकको विश्वास छ।