अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा चुनाव: १३ सय ५२ जनाले हालेनन् भोट

रास्वपा चुनाव: १३ सय ५२ जनाले हालेनन् भोट


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको चुनावअन्तर्गत पहिलो चरणको मतदान सकिएको छ।

रास्वपा निर्वाचन आयोगका अनुसार मतदानका लागि योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।

बिहीबार सम्पन्न मतदानमार्फत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत सङ्कलन गरिएको हो। निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि ३७९ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ९९ जना निर्वाचित हुनेछन्।

रास्वपाले ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि मतदान गरेको थियो। मतदानको अन्तिम मतदाता पार्टी सभापति रवि लामिछाने बनेका थिए। उनको मतदानसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको हो।

हाल मतदानपश्चात् आवश्यक मुचुल्का तयार गर्ने कार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ। त्यसपछि मतगणना सुरु हुने र निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी चयनको प्रक्रिया अघि बढाइने बताइएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ। निर्वाचनको अन्तिम नतिजापछि पार्टीको नयाँ नेतृत्व संरचना टुङ्गो लाग्नेछ।

Skip This