अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो सिटी 

प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो सिटी 


काठमाडौँ– म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालाण्ड मैदान फर्किएका छन्।

इंग्लिस प्रिमियर लिगमा गएराति बर्नलीविरूद्धको खेलमार्फत हालाण्ड मैदान फर्किएका हुन्।

प्रिमियर लिगमा एस्टन भिल्लाविरूद्ध गत डिसेम्बर ६ मा भएको खेलमा घाइते भएका उनी २५ दिनपछि मैदान फर्किएका हुन्।

गएराति इतिहाड स्टेडियममा बर्नलीविरूद्धको खेलको ७१ औं मिनेटमा उनी मैदान प्रवेश गरेका हुन्।

घरेलु मैदानमा बर्नलीविरूद्ध ३-१ को जित निकाल्दै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।  

बर्नलीविरूद्ध एल्भारेजले २ गोल गरे। उनले १६ र २२ औं मिनेटमा गोल गर्दा ४६ औं मिनेटमा रोद्रीले गोल गरे। इन्ज्युरी समयमा बर्नलीका अमिन अल दखिलले गोल गर्दा सिटी ३-१ गोलले विजयी भएको हो।

दोस्रो स्थानमा उक्लिएको सिटीले ४६ अंक जोडेको छ। एक खेल बढी खेलेर शीर्षस्थानमा रहेको लिभरपुलको ५१ र तेस्रो स्थानमा रहेको आर्सनलको ४६ अंक छ।- एजेन्सी