अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ


काठमाडौंकाठमाडौंस्थित बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले दुई जनालाई पक्राउ गरेको छ।

व्यापारी अरूण चौधरीलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो। अजितनारायण सिंह थापालाई पनि बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको सिआइबीले जनाएको छ। उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ।

अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।