अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास


बागलुङ-भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन। बागलुङको निसीखोला-६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म सडक खुलाउन नसकिएको हो।

हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढामगरले बताउनुभयो। जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उहाँले बताउनुभयो। 

बिहीबार साँझ ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक सञ्चालन नहुँदा पूर्वीरुकुम र पश्चिम रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ जाने यातायताका साधन ठप्प भएका अध्यक्ष बुढामगरले बताउनुभयो। बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन्।