अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु


अछाम-अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले राससलाई जानकारी दिनुभयो। दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उहाँले बताउनुभयो।