अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एकदिवसीय श्रृंखला : आज नेपाल र क्यानडाबिचको पहिलो खेल 

 एकदिवसीय श्रृंखला : आज नेपाल र क्यानडाबिचको पहिलो खेल 


काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानाडाविरुद्धको एक दिवसीय श्रृंखला (सिरिज)को पहिलो खेल आज खेल्न भएको छ । खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ः १५ बजेदेखि हुने भएको हो ।  

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एक दिवसीय सिरिज खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात् माघ २५ गते पहिलो खेल हुनेछ भने १० फेब्रुअरी अर्थात् माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात् माघ २९ गते तेस्रो खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।