अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरमा स्कुल बसको ठक्करबाट युवकको मृत्यु

जनकपुरमा स्कुल बसको ठक्करबाट युवकको मृत्यु


जनकपुरधाम-जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बिहीबार  दिउँसो जनकपुरधाम उपमहागनरपालिका-२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम बोर्डिङ स्कुलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भारतको मधुवनी जिल्ला घर भएका तथा हाल जनकपुरमै ससुराली बस्दै आएका २७ वर्षीय ममताज कवारी छन्।

बा२प ७६० स्कुल बसले साइकल यात्री २७ वर्षीय कवारीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए।

 उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।