अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसिया कप फुटबलको उपाधि कतारले जित्यो 

एसिया कप फुटबलको उपाधि कतारले जित्यो 


काठमाडौँ– एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको रुपमा रहेको एसियन कपको उपाधि लगातार दोस्रो पटक कतारले जितेको छ । कतारको दोहामा भएको फाइनल खेलमा घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले हराउँदै दोस्रो पटक च्याम्पियन बनेको हो ।

एसिया कपको फाइनलमा विजयी टिमले तीनै गोल पेनाल्टी मार्फत गरेको हो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । उनी नै यो प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् ।

कतारले खेलको २२औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफको ६७ औँ मिनेटमा याजानले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएका थिए ।

तर ७२ औँ मिनेटमा कतारले पुनः पाएको पेनाल्टीलाई अफिफले गोल गर्दै घरेलु टोलीलाई २–१ को अवस्थामा लगे । खेलको अन्तिम समयमा कतारले पुन पेनाल्टी पायो र उनै अफिफ ले गोल गर्दै ह्याट्रिक पुरा गर्दै कतारलाई लगातार दोस्रो पटक एसियन च्याम्पियन बनाए ।