अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि

आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि


काठमाडौँ– नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ । आइतबार भएको खेलमा आइभोरी कोस्ट गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ ले विजयी भएको हो ।

विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६२ औँ मिनेटमा फ्रांक केसीले अडिंग्राको कर्नरलाई गोलमा परिणत गर्दै खेल बराबरी गरे । 

८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जीत दिलाए । उनी अण्डकोषको क्यान्सरपछि १३ महिनाअघि मात्र फुटबलमा फर्किएका हुन् । उनले सेमिफाइनलमा पनि विजयी गोल गरेका थिए ।

आइभोरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा यो उपाधि जितेको थियो । सन् २००६ मा इजिप्टले उपाधि उचालेयता कुनै आयोजकले पहिलोपटक उपाधि हात पारेको हो । उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ भने नाइजेरियाले ४० लाख डलर प्राप्त गरेको छ ।