अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यानडाविरूद्ध टस जितेर नेपालले बलिङ गर्ने

क्यानडाविरूद्ध टस जितेर नेपालले बलिङ गर्ने


काठमाडौँ– क्यानडाविरूद्धको एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले सुरुमा बलिङ गर्ने भएको हो । 

नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गर्दैछन् । यस्तै आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल बेन्चमा रहने छन् । अनिल साहले आजको खेलमा विकेटकिपरको भूमीका निर्वाह गर्ने भएका छन् ।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ। 

फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो ।