अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रक्तदाता मैनालीद्वारा अमेरिकामा आत्मदाह

रक्तदाता मैनालीद्वारा अमेरिकामा आत्मदाह


काठमाडौं-सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता हुनुभएका चर्चित रक्तदाता अर्जुन प्रसाद मैनाली मृत अवस्थामा भेटिएका छन्। 

आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाउनु भएका मैनालीले अमेरिकामा आत्मदाह गर्नुभएको हो। अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उहाँको शव फेला परेको छ।

प्रहरीले प्रारम्भीक अनुसन्धानबाट उहाँले आत्महत्या गरेको जनाएको छ। उहाँको शरिर पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको हो । उहाँले कारभित्र आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टीमले अनुसन्धानका लागि लिएको बताइएको छ। मैनालीले आज एक स्टाटस राखेर सम्पर्कविहीन हुनुभएको थियो। उहाँले स्टाटसमा ‘म परलोक जाँदैछु’ लेख्नुभएको थियो।

मैनालीले पारिवारिक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गर्नुभएको थियो। मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आउनुभएको थियो।

सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुग्नुभएका उहाँ त्यसपछिदेखि अमेरिकामै बस्दै आउनुभएको थियो।