अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक


काठमाडौं-नेकपा (एमाले)ले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ पक्राउपछि एकै दिन संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

२०८३ असार ८ गते सोमबार पार्टी उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललिततपुरमा बस्ने जनाएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को आगामी रणनीति तथा पछिल्लो विकसित परिस्थितिबारे छलफल हुने जनाइएको छ। साथै उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे पनि छलफल हुने जनाएकाे छ।

त्यसैगरी, एमाले केन्द्रीय सचिवालय बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने तय भएको छ। सचिवालय बैठकमा पार्टीको धारणा, संगठनात्मक विषय र पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गरिने अपेक्षा गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित मुद्दामा एमाले उपाध्यक्ष पौडेल पक्राउ परेपछि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा यसको व्यापक चर्चा भइरहेको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएको थियो।

उपाध्यक्ष पौडेलको पक्राउपछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा तय गर्न तथा आगामी रणनीति बनाउन एमालेले उच्चस्तरीय बैठकहरू बोलाएको राजनीतिक वृत्तमा चर्चा छ।

Skip This