काठमाडौं- नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव कार्यदलले आज कर्णालीमा सुझाव संकलन गर्दैछ ।
एमाले कर्णाली प्रदेश कमिटीका अनुसार कार्यदलका संयोजक पार्टी उपाध्यक्ष रामबहादुर थापा आज विहान सुर्खेत पुग्दैछन् । पार्टीका दुई उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र महासचिव शंकर पोखरेल हिजो साँझ नै सुर्खेत पुगिसकेका छन् । आजको कार्यक्रममा प्रदेशका पदाधिकारी,सबै जिल्लाका पदाधिकारी,प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सहभागी हुनेछन् । कार्यक्रमलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने तयारी छ ।
कार्यक्रममा पार्टीले निर्वाचनमा व्योहोरेको हारका कारण,पार्टी नेतृत्व पुनर्गठन पुस्तान्तरण तथा रुपान्तरणका बारेमा सुझाव संकलन गरिने कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलले यस अघि बागमती, कोशी,लुम्बिनी,सुदुरपश्चिम प्रदेशमा सुझाव संकलन गरिसकेको छ । अस्ती सुदुरपश्चिमको कार्यक्रम सकेर उपाध्यक्षको टोली साँझ सुर्खेत पुगेको हो । प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहका अनुसार भोली पार्टी जागरण अभियानमा खटिएका उत्प्रेरकहरुलाई महासचिव पोखरेलले अलग्गै प्रशिक्षण दिने कार्यक्रम छ । केही दिन अघि जारी गरिएको अन्तरपार्टी निर्देशन अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर पार्टीका केन्द्रीय सदस्य तथा अन्य नेताहरुलाई स्थानीय तह केन्द्रित गरेर जिम्मेवारी दिएको छ । उनीहरुलाई उत्प्रेरक भनिएको छ ।






प्रतिक्रिया