अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिवको स्वास्थ्यमा थप कुनै समस्या छैन: स्वकीय सचिव रेग्मी

एमाले महासचिवको स्वास्थ्यमा थप कुनै समस्या छैन: स्वकीय सचिव रेग्मी


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको स्वास्थ्यमा थप कुनै समस्या नभएको महासचिव पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले बताउनु भएको छ। दुर्घटनापछि स्वास्थ्य परिक्षण गराउँदा थप कुनै समस्या नदेखिएको स्वकीय सचिव रेग्मीले बताउनु भयो।

महासचिव पोखरेल नेकपा (एमाले) दैलेखको ८ औं जिल्ला अधिवेशन उद्घाटनका लागि सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटनामा परेका थिए। महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो बरीब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको थियो।

महासचिवको खुट्टा सामान्य चोट लागेको र सोको उपचार भई डाक्टरको सल्लाह अनुसार औषधी सेवन गरिरहेको रेग्मीले बताउनु भयो । उहाँले महासचिवको स्वास्थ्य अवस्था बारेमा जानकारी दि‌दै लेख्नुहुन्छ, ‘घटना पश्चात महासचिव सहितका नेताहरु कार्यक्रम स्थल दैलेख पुगेर कार्यक्रमलाई सम्बोधन गरी २८ गते काठमाडौं फिर्ता भई थप स्वास्थ्य परिक्षण गराउनु भएको छ। दुघटनामा महासचिवको खुट्टा सामान्य चोट लागेको र सोको उपचार भई डाक्टरको सल्लाह अनुसार औषधी सेवन गरिरहनु भएको छ। स्वास्थ्यमा थप कुनै समस्या नभएको जानकारी गराइन्छ।’

उहाँले महासचिवको स्वास्थ्यमा बारेमा चासो प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, ‘यस घटनाका विषयमा पार्टीका श्रद्घेय अध्यक्ष लगायत शिर्ष नेता, कार्यकर्ता, शुभचिन्तक, आफन्तजनले स्वास्थ्य लाभका लागि प्रकट गर्नु भएको शुभेच्छाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। घटना पश्चात स्वास्थ्य परिक्षणका लागि सहयोग गर्ने पार्टीका केन्द्रीय कार्यालय सचिव सहितका नेता कमरेडहरुको तदारुकता र स्वास्थ्यकर्मी कमरेडहरुको सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु। महासचिवको सवारीमा साथामा रहनु भएका नेता कमरेडहरु, सुरक्षाकर्मी, चालक सबै जनाको सहयोगका लागि आभार व्यक्त गर्दछु । घटनामा परी घाईते हुनुहुने कमरेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’