अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक


काठमाडौं-लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका छन्।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण सेवा र संघीय संसद् सेवा, सामान्य प्रशासन समूहतर्फको अधिकृत पदको प्रारम्भिक परीक्षा आयोगले गत असार १६ गते सन्चालन गरेको थियो ।

प्रारम्भिक परीक्षामा १५ हजार ९८४ जना सहभागी भएका थिए । उनीहरुमध्ये दोस्रो, तेस्रो र अन्तिम चरणको अन्तर्वार्ता परीक्षामा जम्मा १४३ जना छनोट भएका थिए । उनीहरुलाई माघ ९ गतेदेखि २६ गतेसम्म अन्तर्वार्ता लिएर अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् शाखा अधिकृत पदको नतिजा

Skip This