अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईसीसी क्रिकेट विश्वकप लिग–२ : पहिलो खेलमा नेपालले आज नामाबियासँग खेल्ने

आईसीसी क्रिकेट विश्वकप लिग–२ : पहिलो खेलमा नेपालले आज नामाबियासँग खेल्ने


काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले नामिबियाविरुद्ध खेल्ने भएको छ । आजदेखि घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबिचको खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।     

आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

 लिग–२ को सिरिज खेल्ने नेपाली टिम : 

रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।

खेल तालिका:

फागुन ३ गते बिहीबार– नेपालविरुद्ध नामिबिया

फागुन ५ गते शनिबार–नेपालविरुद्ध नेदरल्यान्ड्स

फागुन ७ गते सोमबार–नामिबियाविरुद्ध नेदरल्यान्ड्स

फागुन ९ गते बुधबार– नेपालविरुद्ध नामिबिया

फागुन ११ गते शुक्रबार–नामिबियाविरुद्ध नेदरल्यान्ड्स

फागुन १३ गते आइतबार–नेपालविरुद्ध नेदरल्यान्ड्स