अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टस हारेको नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने

टस हारेको नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने


काठमाडौँ– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेर ब्याटिङको निम्तो पाएको छ ।  

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।  

नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार साहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका साह प्लेइङ–११ मा परेका छन् । आजको खेलमा आरिस शेख र देब खनाल भने बेन्चमा रहनेछन् ।

२०२७ सम्म चल्ने लिग–२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबिच प्रतिस्पर्धा हुनेछ ।