अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकका मुख्य सूचकांकहरू उत्कृष्ट छन्: एनआईसी एसिया बैंक

बैंकका मुख्य सूचकांकहरू उत्कृष्ट छन्: एनआईसी एसिया बैंक


काठमाडौं-एनआईसी एसिया बैंकले आफ्ना मुख्य सूचकांकहरू उत्कृष्ट रहेको जनाएको छ। 

केही सञ्चारमाध्यममा पछिल्लो समय आएका कर्जा असुली तथा सम्पत्तिको गुणस्तरबारेका समाचारको खण्डन गर्दै बैंकले मुख्य सूचकांकहरु उत्कृष्ट रहेको दाबी गरेको हो।

‘सञ्चालन मुनाफा, खुद मुनाफा, प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायतमा वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमध्येमा सदैव पर्दै आएको छ’, बैंकले भनेको छ, ‘र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्टमध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौँ।’ 

बैंकले संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, सबैजसो वित्तीय सूचकहरुमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने बैंकको मिसनमा निरन्तर सफल हुँदै गएको बैंकले जनाएको छ। 

बैंकभित्र सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदाझैँ एकताबद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसाबले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको बैंकको भनाइ छ। 

Skip This