अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुडिएको खुट्टा जोडियो आम्दा अस्पतालमा

चुडिएको खुट्टा जोडियो आम्दा अस्पतालमा


झापा-चिकित्सा विज्ञानमा कमै मात्र सफलता प्रप्त गरिने भनिएको ट्रमाटिक फुट एम्पुटेशन (खुट्टा चुडिएको) उपचारमा झापाको दमकस्थित आम्दा अस्पताल सफल भएको छ।

पाँचथरको मिक्लाजुङ-१ सराङडाँडा स्थायी घर भई हाल झापाको दमक-२ मा बस्दै आउनु भएका वर्ष २६ का शान्तिराम राईकाे चुडिएको दायाँ खुट्टा जोड्न सफल भएको हो।

आम्दा अस्पतालका हाडजोर्नी तथा नशा रोग विषेशज्ञ (अर्थोपोटिक्स) डाक्टर डिल्लीराज रिजालका अनुसार विश्वकै चिकित्सा विज्ञानमा यसरी दुर्घटनाबाट चुडिएको खुट्टा जोडिने उपचार कमै मात्र सफलता प्राप्त हुने गर्दछ।

हतियारले काटेर चुडिएको हकमा केही सफल हुने भए पनि दुर्घटनाबाट चुडिएर जाथाभावी थिलथिलो भएको मांशपेसी, हड्डी तथा नशा जोड्ने उपचारमा कमै मात्र सफल हुने गरेको छ डाक्टर रिजालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसरी शरीरको कुनै पनि चुडिएर गएको अङ्ग बढीमा ४ घण्टासम्ममा उपचार गर्न सकेमा मात्र सफल हुनसक्छ। यो घटना पनि अस्पताल आइपुग्दा दुई घण्टा बितिसकेको थियो। चुडिएको खट्टाको भागमा मांसपेशी निलो भइसकेको थियो । तत्काल नगरेमा जीवनभरी खट्टा नलाग्न सक्ने सभावना थियो। यो दुर्घटनाका घाइते राईको पनि आम्दा अस्पलतामा ६ घण्टा लामो अप्रेसनपछि सफल भएको हो।’

मुख्य अप्रेशनको केही दिनपछि अन्य तीन वटा अप्रेसन गर्नु परेको थियो डाक्टर रिजालले जानकारी दिनुभयो। अस्पतालमा डाक्टरको प्रत्यक्षमा निगरानीमा राखेर लगातार दुई महिना लामो उपचार पछि अहिले जोडिएको खुट्टाको पूर्ण रुपमा सफल भएको डाक्टर रिजालको भनाइ छ। उहाँ भन्नुहुन्छ, ‘यो बीचमा कुनै समस्या आउन सक्ने सम्भावना रहेकाले चिकित्सकको उच्च निगरानी उपचार गर्नुपर्ने आवश्यकता थियो। अहिले जोडिएका खट्टाको औलाहरु राम्ररी चल्न थलेका छन्। चुडिएको ठाउँमा खुट्टाकै तिघ्रा लगायतका क्षेत्रबाट मांसपेशी काटेर लगेर जोडिएको छ। यी सबै घाउ नशा तथा हड्डी पूर्ण रुपमा ठिक हुन बिरामीलाई निरन्तर औषधी सहित पौष्टिक आहारको आवश्यक हुन्छ।’

यो दुर्घटना भएका बिरामी अस्पताल पु¥याइएपछि धेरै चिकित्सकले यहाँ उपचार हुनसक्ने र तत्काल अन्य अस्पतालमा लानु भनेर डिस्चार्ज समेत गरिएको थियो। यसरी डिस्चार्ज गरिएको बिरामी दोश्रो अस्पताल पुग्दा समय बढी लाग्ने र खुट्टा नजोडिने जोखिम देखेर तत्काल यही उपचार सुरु गरिएको थियो। यदी अन्य अस्पताल बिभिन्न रिपोर्ट देखाउदा नै समय बित्नेल र सधैका लागि खट्टा नलाग्ने खतरा थियो। आम्दा अस्पतालमा डाक्टर रिजालको नेतृत्वमा हाडजोर्नी रोग विषेशज्ञ डाक्टर अरुण कुमार शाह सहितको चिकित्सक टोलीले उपचार गरेको जनाइएको छ।

गत पुस ५ गते झापाको दमक-२ स्थित आम्दा अस्पतालबाट दक्षिण तर्फ ८२२१ नम्बरको सिटी कुदाइरहेको अवस्थामा सोही दिशाबाट आएको ६५५ नम्बरको सिटीले ठक्कर दिएको थियो। यसरी भएको दुर्घटनामा राईको दायाँ खुट्टा नलीखुट्टाको भाग चुडिएको थियो । आर्थीक अवस्था समेत कमजोर भएका कारण उहाँको अप्रेसन वापत लाग्ने करिव १५ लाख रुपैयाँ समेत निःशुल्क गरिएको डाक्टर अरुण कुमार शाहले जानकारी दिनुभयो।

डाक्टर रिजालको नेतृत्वमा विभिन्न यस्ता जोखिम पुर्ण उपचार गर्दै आउनुभएको छ। उहाँ बिगत १५ वर्ष देखि झापाको दमक स्थित आम्दा अस्पताल लगायतका अन्य अस्पतालमा नशा तथा हाडजोर्नी बिषेशज्ञको रुपमा कार्यरत हुनुहुन्छ।अझै पनि धेरै महंगो औषधी समेत खानुपर्ने भएकाले उपचार समस्या भएको विरामी शान्तिराम राइका दाजु योगेश राईले बताउनुभयो