अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर


काठमाडौं-नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ। 

कम्पनीले प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको हो। सो अफर आज (२०८० फागुन ६) देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। यस अनुसार नेपाल टेलिकमले सहिदहरुको सम्मानार्थ सहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउनेछ। 

साविक बमोजमको फ्रि रिसोर्स अर्थात् १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध हुनेछ। त्यस्तै एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इयरली वान टाइम प्याकेज र कम्बो इयरली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ। 

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ। यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ। 

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट स्टार १४१५स्टार११ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ। 

Skip This