अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन


कैलाली-नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ।

पालिकाको नवनिर्मित प्रशासनिक भवनको अध्यक्ष ओलीले आज उदघाटन गर्नुभएको हो।

आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो।

६ करोड १७ लाख लागतको ५० कोठे भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो ।

भवनको उद्घाटनपछि गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आधुनिक भवन निर्माणपछि जनताले छिटो छरितो सेवा पाउने बताउनु भयो ।

उहाँले कैलालीमा कृषिको अत्याधिक सम्भावना रहेकाले यसमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। गाउँपालिका अध्यक्ष कर्ण कुवँरको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।