अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यागमनका महानिर्देशक तामाङविरुद्ध ११ करोड ९ लाख बिगो मागदाबी

अध्यागमनका महानिर्देशक तामाङविरुद्ध ११ करोड ९ लाख बिगो मागदाबी


काठमाडौं-अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित १५ जना कर्मचारी र तीन वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।

तामाङसँग अख्तियारले ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ ८८ पैसा बिगो मागदाबीसहित मुद्दा चलाएको हो। 

उहाँ मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहेका बेलामा तोकेभन्दा बढी पेश्की दिएर भ्रष्टाचार गरेको आरोप लागेको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) ३(१)(झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल गर्न माग गरेको छ। 

तामाङ पछिल्लो समय अध्यागमन विभाग सुधारमा सक्रिय थिए। उनले विभागको महानिर्देशक भएपछि विभागलाई पूर्णरूपमा अटोमेशनमा लगेका छन्।

भ्रष्टाचार आरोप लागेसँँगै तामाङ उहाँको जिम्मेवारीबाट स्वत: निलम्बनमा पर्नेछन्। 

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्वसचिवहरू भीमप्रसाद उपाध्याय, सञ्जय शर्मा, मुकुन्द पौडेल र गजेन्द्र ठाकुरविरुद्ध पनि मुद्दा चलाएको छ।