अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई मोसो दलेर दुर्व्यवहार

सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई मोसो दलेर दुर्व्यवहार


काठमाडौं-मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट निकट विद्यार्थी संगठनले आइतबार सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दलेर दुर्व्यवहार गरेको छ।

अधिकारीकै कार्यकक्षमा प्रवेश गरी उनीहरुले कालोमोसो दलेका हुन्। घटना बिहान साढे ११ बजेतिर भएको प्रहरीले बताएको छ।

निजी कलेज सञ्चालक सीटीईभीटीको उपाध्यक्ष पदमा मनोनयन हुन नसक्ने व्यवस्था हुँदाहुँदै कानूनको धज्जि उडाउँदै जस्केलाबाट परिषद उपाध्यक्षको नियुक्ति लिएको, उपाध्यक्षको काम, कर्तव्य र अधिकारविपरीत परिषद्लाई हानिनोक्सानी पुर्‍याएको, सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा-बढुवा लगायतमा अनियमितता गरेको अधिकारीमाथि आरोप लगाइएको छ।

Skip This