अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति

त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति


काठमाडौँ-नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ। अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो।

‘उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। मेरिटोक्रेसीको नाटक मञ्चन गरेर पुनः राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्त नगर्न र तत्काल वर्तमान शासकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रस्टीको अवधारणाको नीतिगत व्यवस्था गर्न जोडदार माग गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

बैठकले समसामयिक राजनीति अवस्थाको समीक्षा गर्नुको साथै राजनीतिक शुद्धीकरणको दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै अनेरास्ववियुले राष्ट्रिय स्तरको हाजिरीजवाफ प्रतियोगिता गर्ने, विद्यार्थी महोत्सव आयोजना गर्ने, राष्ट्रिय महिला मेला आयोजना गर्ने, एसियन विद्यार्थी सम्मेलन गर्ने, चैतभित्र अवधि पुगेका समितिहरूको अधिवेशन गर्ने लगायत निर्णय गरेको छ। 

Skip This