अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राससको ६३ औँ वार्षिकोत्सव समारोह प्रारम्भ

राससको ६३ औँ वार्षिकोत्सव समारोह प्रारम्भ


काठमाडौँ-राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति ९रासस०को ६३ औँ वार्षिकोत्सव समारोह भर्खरै यहाँ प्रारम्भ भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा विशेष समारोहमा सुरु भएको हो।

देश तथा विदेशका सञ्चार माध्यमलाई समाचार दिने एक सहयोगी संस्थाका रुपमा विसं २०१८ सालमा स्थापना भएको रासस आज ६३ वर्ष प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा राससले उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कार र उत्कृष्ट सेवाग्राहीलाई सम्मान गर्दैछ। 

समारोहमा सञ्चार मन्त्री शर्माले राससले प्रकाशन गरेको ‘रासस अनुभव र अनुभूति’ पुस्तक लोकार्पण गर्ने कार्यक्रम छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण रेग्मी, मन्त्रालयका उच्च पदस्थ अधिकारी, रासस सञ्चालक समिति सदस्यलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको छ। 

Skip This