अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ


चितवन-जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो।

भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउपालिका-३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ का २५ वर्षीय खुसीराम थारु रहेका छन्। 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको कन्टेनर ९डिब्बा ट्रक० नियन्त्रणमा लिइएको हो। धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं को ट्रकमा खाली पानीको बोतलभित्र लुकाइछिपाइ ल्याएर कन्टेनर लोड गर्ने क्रममा ३९ पोका गाँजा बरामत गरिएको थियो।

 पक्राउ परेका थारु सोही ट्रकका सहचालक र  दाहाल कन्टेनरका चालक रहेको उहाँले जानकारी दिनुभयो। ट्रकका चालक भने फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।